काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकलाई लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने निर्णय गरेका छन्।
आज सुन्धारा स्थित महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन्।
पदभार ग्रहण गरेपछि प्रतिक्रिया दिँदै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्।
प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १ : २३ बजे
प्रतिक्रिया