यस्तो छ आजको विनिमय दर

भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ

सप्तरी । भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह छन्।

उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खाना पकाइरहेको अवस्थामा जिउभरि पेट्रोल छर्की आगो लगाएका थिए।

उपचारको क्रममा भाउजु राजकुमारीको मृत्यु भएको थियो । भाउजुको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। 

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक सुरेश पालक‍ो नेतृत्वको टोलीले पक्राउ गरेको हो।

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ०२ बजे