‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज पद बहाली गर्दै

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज  पद बहाली गर्ने भएका छन् ।   

यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको छ ।  

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहने छन् ।     

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी  ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्व प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल विजय हुनुभएको छ ।  

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना कार्य ३१ गते शनिवारदेखि सुरु गरी गत शुक्रवार प्रमुख उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।  

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : ३५ बजे