काठमाडौं । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
साथै उहाँले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ४ : ३३ बजे
प्रतिक्रिया