देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मेलम्ची खानेपानी आयोजनाको आज राष्ट्रपतिद्धारा औपचारिक उद्घाटन हुँदै

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भए पनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्नुहुने कार्यक्रम छ ।

राष्ट्रपति  भण्डारीले भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर मेलम्ची खानेपानी आयोजनाको पानी उद्घाटन गर्नुहुनेछ  । 

राष्ट्रपति भण्डारीले दिउँसो २:०० बजे खानेपानी आयोजनाको पानी उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ  ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : २८ बजे