दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पाइलटको मोबाइलमा घण्टी गयो, लोकेसन ट्रयाकगरी खोजी सुरु 

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाउनुभएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा देिखएकाे लोकेसनमा खोजी  केन्द्रित छ  ।

ठाकुरले पाइलटको मोबाइलमा घण्टी गइरहेको र एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको बताउनुभयो । 

लेते, टिटी ताल, लार्जुङ, नाउरिकोट नजिक नजिकैका क्षेत्रहरु हुन् । यी क्षेत्र मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामा पर्दछन् । 

बिहान ९: ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपछि उक्त विमान सम्पर्कबिहीन भएको थियो । 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ४९ बजे