आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मुस्ताङका सिडिओ भन्छन्- टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उहाँले भन्नुभयो, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’ जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : ०० बजे