आज वर्षाको सम्भावना

गठबन्धन सरकारले सेयर बजार घटेको देखेन : नबिना लामा

काठमाडौं – नेकपा एमालेकी सांसद नबिना लामाले सेयर बजार घटेको सरकारले नदेखेको बताउनु भएको छ।

नीति तथा कार्यक्रमको छलफलमा संसद् लामाले सेयर बजारका लागि नीति तथा कार्यक्रम केही योजना नआएको बताउनु भयो।

एमालेको सरकारको पालामा ३२ सय अंकमा रहेको सेयर बजार २२ सय अंकमा झर्दा पनि गठबन्धनको सरकारले नदेखेको उहाँले बताउनु भएको हो ।

लामाले भन्नुभयो, ‘अर्थमन्त्री विष्णु पौडेल रहेको बेला सेयर बजार ३२ सय अंकमा थियो । तर यो सरकार बनेपछि २२ सय अंकमा झरेको छ । तर पनि नीति तथा कार्यक्रममा सेयर बजारको विषयमा केही योजना आएन ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : २० बजे