दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

दरबार मार्गको त्यो एक रात ! (ब्लग)

खासै राती राती घरबाट कतै निस्किएको थिइन । फेरी डान्स बार रोधी घर त कहिले पाइलो पनि हालेको थिइन । चिया पसल,खाजा घर,बरु ठुला ठुला होटलहरुमा भने पाइला टेकेको छु । जेठको सुरुवाती दिन थियो । काठमाडौँको माकलवारिमा एक्लै डेरा गरेर बसेको म,रात्रिकालीन खानपान गरेर सुतिसेको थिए । राती एकाएक फोन आयो‍‍‍‍‍‍‍‍‍ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…….। 

म : हेलो
संयोग : का हो त ? सुतिसकिस् ? 
म :अँ यार् सुते ।
संयोग : ल हामी नारायण्टारमा छौँ आइज या ।
फोन काटिन्छ …..टुइँ टुइँ टुइँ ।

म उठेर लुगा लगाउन थाल्छु । र,कोठामा चुकुल लगाएर बाहिर निस्कए । म नारायण्टारमा पुग्छु । दिनेश दाइ,नरेश दाइ,काले दाइ र संयोगलाई भेट्छु । त्यहाँ दरबारमार्गमा जाने कुरा चल्छ । 
केही छिनपछि हामी ट्याक्सीमा दरबारमार्ग पुग्छौ । रातको १० बजेको हुँदो हो । सुनसान सडक दुलही जस्तै सिँगारिएको रोधी घर ! प्राकृतिक किरणबाट कृत्रिम किरणमा परिणत भैसकेको दरबार मार्गका ठाउँहरू ! चकमन्न सडकमा झलमल्ल दरबारमार्ग ! हामी ट्याक्सीबाट ओर्लिएर उभिएका मात्र थियौँ । मिनिस्कटमा सजिएकी गोरी अन्दाजी २०,२२ वर्षका दुई वटी युवती हामी भए तिर आउँछन् । म आफ्नै मोबाइलमा फेसबुकमा घोत्लिरहेको हुन्छु । काले दाइले ती युवतीलाई जिस्काइहाल्यो । 

काले दाइ : जाने हो….?
युवती : मस्कँदै …लाने हो ? लाने भए जाने……।
काले दाइ : लाने नि …जाने भए…..। कति हो ? 
म : मुसुमुसु हाँस्छु….।

एकछिनको ठट्टापछि युवतीहरू आफै कता हराए मैले मेसो पाइन । काले दाइचाही हामीसँगै थिए । हामी दरबार रोधी घरमा प्रवेश गर्‍यौँ । प्रवेशद्वारमा एक जना पाले दाइ रहेछन् । उनले हामीलाई खुट्टा बजारेर सोलुट् गरे मलाई हास उठ्यो हाँसो रोक्न सकिन गलल हाँसे । जीवनमा कहिल्यै सोलुट नपाएको मैले सोलुट खान रोधी घरै आउन पर्ने रहेछ भनेर मनमनै खुसी पनि भए । आज मैले पनि सोलुट पाए ,अनि आफूले आफूलाई खुब ठुलै मान्छे भइएछ भन्ने अहङ्कारको झिल्को आउन लाग्यो । काले दाइले किन हाँस्या भनेर प्रश्न गर्‍यो मैले फिस्स…..। हाँसेर टारे । हामी भर्यांग उक्लँदै थियौ । रोधी घर टप फ्लोर रहेछ । हामी प्रवेशद्वारमा पुग्यौ । हामीलाई स्वागत गर्न दुई महिला अर्धनग्न पोसाकमा बसेका रहेछन् । हामी भित्र छिर्‍यौ । बत्तीको झिलिमिलीले मलाई आँखा खोल्न केही बेर गाह्रो पर्‍यो । आँखा उघारे टेबलको र्यांकिंग गरेको रहेछ । ‘ए,वि,सी,डी,ई’ हामी सिधै गएर टेबुल नम्बर डिमा बस्यौ । यसो यता उता नियाले टेबल नम्बर ‘ए,वि,सी,डी’ सबै मदिराले लट्ठ छन् । टेबल नम्बर सिलाई नियाल्दा थप आश्चर्य चकित परे । मेरो पाइला पहिलो पटक रोधीघरमा टेक्दै थियो । पहिलो अनुभव ! आजसम्म यस्तो देखेको थिइन । बरु चाबहिल गौशाला,रत्नपार्कमा देह व्यापार गर्ने महिलाहरूलाई भने देखेको थिए । टेबल नम्बर सिलाई मैले थप नियाले । दुइ जना मेरो बुवाको उमेरका अन्दाजी ४०,४५ वर्षका दुई पुरुष र २०,२१ वर्षे दुई युवतीको अँगालोमा बेरिएर रक्सीको चुस्कि लगाइरहेका थिए । ती पुरुष युवतीको भित्री अङ्गमा आफ्नो हात लैजान खोजिरहेका थिए । युवतीले ती पुरुषको हात आफ्नो अँगालोमा राखेर समातिरहेका थिए । युवती बनावटी हाँसोमा ती पुरुषलाई रिझाइरहेकी थिइन् । लपक्क टासिएर वाइन खाँदै मस्किरहेकी युवती ती पुरुषलाई रिझाउन बाबा भन्दै चेपारो घसिरहेकी थिइन् । तर,उनको आँखामा न उन्माद थियो न अँगालोमा सामीप्यता ! युवतीको बाउ भन्दा फरक नपर्ने उमेरको देखिन्थ्यो ग्राहकचाँहि । झन्डै मेरै उमेरको झैँ देखिन्थिन् गोरी युवती !  

यतिकैमा अगाडी स्टेजमा ‘लैजाउ घुमाउन मलाई ठमेल बजार’,भन्ने गीत घन्कियो । एक युवतीको दमदार नृत्य सुरु भयो । सबैको ध्यान तीनै युवती तिर तानियो । प्लस टु पढ्ने उमेरकी ती युवतीको शरीरको आधा भाग मात्र ढाकिएको थियो । नाच्दा उनी भित्री अङ्ग प्रदर्शन गर्ने प्रयत्न गरिरहेकी थिइन् । मदिराले लट्ठ भएका युवाहरू पनि नजिकै गएर नाचिरहेका थिए । लाग्थ्यो त्यहाँ लाज घिन सरम भन्ने चिज विदेश गएको छ भन्ने कुरा प्रमाणित हुन्थ्यो । 

नाच सकियो,उद्घोषकले टेबलमा बस्ने सबैको नाम उच्चारण गर्‍यो । ‘टेबल नम्बर बिमा बस्ने गोर्खाबाट अध्यक्षमा निर्वाचित भएका फलानोको उपस्थिति छ’, । उनले यो पद सहित नाम उच्चारण गर्ने बित्तिकै म झसङ्ग भए,फरक्क फर्केर हेरे । युवतीको अँगालोमा बेरिरहेका थिए वडाध्यक्ष ! उनको नाम उच्चारण गर्ने बित्तिकै उनका वरिपरि बस्ने केटाहरूले हुटिङ गर्न थाले । मनमनै सोचेँ जनप्रतिनिधि पनि यसरी दोहोरी घर डिस्को धाउन थाले गाउँ के विकास होला त अब ? फेरी अर्को मनले सोचेँ मान्छे त हो रमाइलो गर्न मन लाग्ला । आए ! म उनको नाम सुन्ने बित्तिकै उनी प्रति थप जिज्ञासु हुँदै थिए । यत्तिकैमा फेरी उद्घोषकले  पत्रकार फलानो भने म झन् झसङ्ग भए । फर्केर हेरे पत्रकार त युवतीलाई वाइन हाल्दिँदै पो रहेछन् । नाम उच्चारण गरेपछि उनले हात हल्लाए । उनको हुटिङ गर्नलाई जम्मा दुई जना थिए तर, पनि कसैले गरेनन् । यसो सोचेँ पत्रकार पनि यहाँ ! त्यति बेला मैले पनि आफू पत्रकार भएको बिर्सेछु । फेरी सम्झे म पनि घिसेपिटे पत्रकारै त हुँ क्यारे के को खस् खस् आफैले आफैलाई प्रश्न गरे । काले दाइ मदिराले झ्याप भैसकेको थिए । म अचम्मित हुँदै वरिपरिको दृश्य नियालिरहेको थिए । यतिकैमा वेटर युवती आइन । 

युवती : के लिनुहुन्छ ? 
म : खासै केही पर्दैन एउटा रेडबुल ल्याइदिनुस् ।

उनले रेडबुल ल्याइदिइन् । ती युवतीले अर्की युवतीलाई इसारा गरिन् । अर्की युवती मेरो छेउमा लपक्कै टासिइन् । के लिनुहुन्छ सर र? ‘नो थिंग केही पर्दैन’, उनले आफूले आफैलाई एउटा वाइन मगाउँछु है भनिन् । मैले उनको कुरामा ध्यान दिइन । धेरै पटक भनिन् मैले वास्ता गरिन । र,उठेर गइन् । यत्तिकैमा पिसाब फेर्न बाथरुम गए । बाथरुम नजिकै एक युवा युवती पैसाको कुरा लिएर कुरा गरिरहेका थिए । मैले वास्ता गरिन बाथरुम गए र,आए । त्यसपछि हामी निस्कियौ । बिल तिर्न काउण्टरमा गयौँ कति भयो भनेर काले दाइले सोधे ४७ हजार मात्र भयो भनेर विल तेर्साइन् काउन्टरकी युवतीले ! म तर्सिए । मेरो सातो पुत्लो गयो । काले दाइ मुसुक्क हाँस्यो र मोबाइल ब्याकिंगबाट बिल पे गर्‍यो । हामी तल आयौ पाले दाइले फेरी सोलुट ठोक्यो खुसी भए म मुसुक्क हाँसे । मदिराको तालमा पाले दाइलाई दिनेशले १ हजार टिप्स दियो । पाले दाइको ओठमा खुसीका भाव प्रकट भए उनी हाम्रा हजुरबुबाका उमेरका थिए । उनले तपाइँहरुको जय होस् बाबु भन्दै हात जोडे । रात भरि आएका गेस्टलाई खुट्टा बजार्दा बजार्दा सायद उनको बुट नै प्वाल पो परिसकेको थियो की ! हामी बाहिर निस्कँदा ३ बजेको थियो त्यसपछि हामी शिव चोकको होटेलमा गएर सुत्यौ । 
 
९ बजेदेखि तीन बजेसम्म दरबारमार्गमा बस्दा मैले ठम्याएँ विन्दास छ दरबारमार्ग ,न घिन न लाज न सरम । उदाङ्गो छ सहर ! न नेता न पत्रकार,न नागरिक मस्त छन् सब मदिरा र यौन प्यासमा ! 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ५ : ५६ बजे