आज वर्षाको सम्भावना

सरकारले आफ्नै नागरिकलाई नागरिकताबाट बञ्चित गर्‍यो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्नै नागरिकलाई नागरिकताबाट बञ्चित गरिरहेको बताउनुभएको छ ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भननुभयो, “आफ्नै नागरिकका सन्तान गैरनागरिक भएर बस्नु परेको छ । राज्यले गल्ति गर्ने, राज्यले नदिने अनि त्यसको सजाय नागरिकले भोग्नु पर्ने ?” उहाँले नागरिकता ऐन ल्याएर तत्काल नागरिकता वितरण गर्नु पर्नेमा उहाँको जोड थियो ।

संघीय निजामति ऐनको अभावमा प्रदेशहरूले काम गर्न नसकेको उहाँले बताउनुभयो । संघ, प्रदेश र स्थानीय निकायबीचको क्षेत्राधिकार कानुनको अभावमा कार्यान्वयन हुन नसकेको यादवले बताउनुभयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १ : १६ बजे