दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मुख्य निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री नभएको आरोप

उदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकाको मतगणना सुचना संकलनमा समस्या भएको सञ्चारकर्मीहरूको आरोप छ ।

सात वटा पालिकाको मतगणनाको सूचना संकलनमा सकस महसुस नभएको तर सुविधासम्पन्न ठाउँ सदरमुकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सहयोग नभएको उनीहरूको गुनासो छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारलाई फोटो, भिडियो खिच्न रोक लगाएको, गणनास्थलमा प्रवेश नदिने त कहिले मत परिणामको सूचनामा ढिला गरी दिनाले समाचार सम्प्रेसणमा सकस परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकारीहरूले फोन समेत नउठाउने हुँदा सूचना संकलनमा समस्या भएको हो ।
मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले ढिलाई हुनुमा कम्प्युटरमा डाटा अपडेटको क्रममा सुत्रमा समस्या आएकाले तोकिएको समयमा सूचना दिन नसकिएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिडियामैत्री सूचना व्यवस्थापन गर्न नसक्दा समस्या भएको जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ४३ बजे