आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्ने नीति र कार्यक्रम आएन : उपाध्यक्ष पौडेल

काठमाडौँ । पूर्व अर्थमन्त्री समेत रहनुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्ने गरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

उहाँले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताउनुभयो ।  जेठ १० गते सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा आज सहभागी हुनुहुँदै उपाध्यक्ष पौडेलले अर्थतन्त्र उकास्ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । 

“संकटोन्मुख अर्थतन्त्र यति बेलाको सबैभन्दा ठुलो समस्या हो । चुनौती हो । तर, नीति तथा कार्यक्रम सङ्कट समाधानप्रति बेखर छ । संकटोन्मुख अर्थतन्त्रबारे सरकार चालै नपाए जस्तो गरेर अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी प्रस्तुत भएको छ”, उहाँले भन्नुभएको छ, “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग छैन ।”

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको उहाँको टिप्पणी छ । उहाँले नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको, समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि उहाँले बताउनुभयो । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ११ : ५१ बजे