राजमार्गमा दृष्य एक, पीडा अनेक

गणतन्त्र दिवसमा ८ सय ३४ कैदीहरूको बाँकी कैद सजाय मिनाहा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा गर्नुभएको छ ।  

राष्ट्रपतिले गणतन्त्र दिवस अवसरमा नेपाल सरकारको सिफारिसमा ८ सय ३४ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा गर्नुभएको हो । 

राष्ट्रपतिले नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसहितका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ र नरबहादुर साँवासहित ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीहरूको बाँकी कैद सजाय जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैगरी, राष्ट्रपति भण्डारीले नेपाल सरकारको सिफारिसमा उमाकान्त पराजुलीसहित १६ जना कैदीहरूको कैद सजाय माफी गर्नुभएको  छ ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकारको सिफारिसमा उमाकान्त पराजुलीसहित १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

​​​​​​​

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : १० बजे