काठमाडौँ – भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।
महानगरपालिकाकी प्रमुख दाहालको सवारी दुर्घटनामा परेपछि उनीलाई सुमेरु अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै प्रमुख दाहालको सवारी दुर्घटनामा परेको थियो ।
गाडीको टायर पञ्चर भएपछि पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ४ : ०९ बजे
प्रतिक्रिया