आज वर्षाको सम्भावना

बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस

काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनुहुने छ । 

प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा एकीकृत समाजवादीले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताउनुभयो । 

उहाँले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताउनुभयो। 

‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भन्नुभयो ।

४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ४ : ०४ बजे