आज वर्षाको सम्भावना

निर्वाचनको बेला सेता पुर्जा बाँडियो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनमा मतदातालाई प्रलोभनमा पार्न सेतो पूर्जा जग्गाधनी पूर्जा वितरण गरिएको आरोप लगाउनुभएको छ ।  

संसदमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले नीति तथा कार्यक्रम जनपक्षीय नभएको र भ्रष्टाचार तथा अनियमितता गर्ने आधारहरु प्रशस्तै रहेको दाबी गर्नुभयो । 

एमाले सरकारले गठन गरेको भूमि आयोग विघटन गरेर आफ्ना नेता भर्ती गर्न अर्को आयोग गठन गरेको भन्दै उहाँले सो आयोगमार्फत निर्वाचनका बेला सेतो पुर्जा वितरण गरेको आरोप लगाउनुभयो । 

नीति तथा कार्यक्रम देशलाई दिशा निर्देश गर्न खालको नरहेको उहाँको भनाइ छ । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : ०६ बजे