आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष  मदन जयन्तीको अवसरमा वितरण गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन दिन आह्वान गरेको छ । 

फाउण्डेसनले हरेक असार १४ गते प्रदान गर्ने यो वर्षको पुरस्कार  राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नविन प्रयोग गरेको व्यक्ति वा संस्थालाई प्रदान गरिने जनाएको छ । 

यसैगरी फाउण्डेशनले यस वर्षदेखि मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुवात गरेको जनाउँदै उक्त पुरस्कार प्राप्त गर्न चाहने व्यक्ति वा संस्थालाई पनि आवेदन दिन आह्वान गरेको  छ । 

सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानव अधिकार, सार्वजनिक, शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत, व्यक्ति वा संस्थालाई उक्त पुरस्कार प्रदान गरिने फाउण्डेशनले जनाएको छ । 

यो वर्ष उक्त पुरस्कार  समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु भएका व्यक्ति/संस्थालाई प्रदान गरिने फाउण्डेशनले जनाएको छ । दुवै पुरस्कारका लागि प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले यही जेठ २७ गतेसम्म फाउण्डेशनको केन्द्रीय कार्यालय गौशाला काठमाडौंमा आवेदन दिनसक्ने फाउण्डेशनले जनाएको छ । 

​​​​​​​

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : ०५ बजे