आज वर्षाको सम्भावना

सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत : पूर्वमुख्यमन्त्री शाक्य

हेटौंडा । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको बताउनुभएको हो । 

उहाँले बागमतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताउनुभयो । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ’, उनले भनिन् ‘काठमाडौं पनि प्रदेशको एउटा जिल्ला हो । त्यहाँको समस्या समाधानमा पनि हाम्रो ध्यान जान जरुरी छ ।’ स्थानीय तह निर्वाचन सकिएसँगै गठबन्धन प्रदेश र संघको चुनावको मिति तोक्न हतारिएको उहाँले बताउनुभयो । 

‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले देखाएको चरित्रका कारण हाम्रो निर्वाचन प्रणाली, संघीयता र राजनीतिक दलप्रति नै प्रश्न उठेका छन्, उहाँले भन्नुभयो‘एमालेलाई कमजोर बनाएर देश बलियो हुने होइन ।‘ लोकतन्त्र, गणतन्त्र र संघीयता सबैको साझा विषय भएकोले यसलाई जोगाउन उहाँले आग्रह पनि गर्नुभयो । उहाँले प्रदेशसभा समितिलाई प्रभावकारी बनाउन जरुरी रहेको समेत बताउनुभयो । 
 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ३५ बजे