आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पाँचखालका मेयरको मनोमानी : उप–प्रमुखको कार्यकक्ष नै सारे ,पदभार ग्रहण कार्यक्रम नै रोकियो

​​​​​​​काभ्रे । पाँचखालमा भर्खरै जितेका नगरप्रमुखको मनपरीका कारण अपप्रमुख सुर्यमाया दनुवारको पदभारग्रहण कार्यक्रम रोकिएको छ । कार्यकक्ष विवादले पाँचखाल नगरपालिकामा उप–प्रमुख सुर्यमाया दनुवारको पदभारग्रहण कार्यक्रम रोकिएको हो ।

बिहीबार शपथग्रहणपछि उप–प्रमुखले कार्यभार सम्हाल्ने कार्यक्रम भए पनि मेयर महेश खरेलको निर्देशनमा रातारात जनतासँग सहज पहुँच हुन नसक्ने स्थानमा उपमेयरको कार्यकक्ष सारिएको थियो । 

नगरप्रमुख  खरेल र कर्मचारीको मिलेमतोमा उप–प्रमुख दनुवारलाई जनतासँग कम पहुँच हुने स्थानमा सार्ने षड्यन्त्र गरिएपछि एमालेका कार्यकर्ताले विरोध जनाउदै पदभार ग्रहण नगरेका हुन् । 
खरेल नेपाली कांग्रेस र दनुवार नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि नगरप्रमुख खरेल र निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कार्यकक्ष सँगै राखिएको भए पनि अहिले भने उप–प्रमुखको कार्यकक्ष छुट्टै तेस्रो तलामा सारिएको छ ।

यसअघि दोस्रो तलामा रहेको निवर्तमान उप–प्रमुखको कार्यकक्ष भने अहिले बन्द छ । आफूले सुविधा नभइ सहजता खोजेको उपमेयरले बताउनुभयो । 

हिजोका दिनसम्म त्यही कार्यकक्षबाट सेवा दिँदा समस्या नहुने तर, आफू निर्वाचित भएर आएपछि अचानक किन कार्यकक्ष सारियो भन्दै उप–प्रमुख दनुवारले आपत्ति जनाउनुभयो ।

यस्तै नेकपा एमाले पाँचखाल नगर कमिटीले विज्ञप्ति जारी गर्दै कार्यकक्ष सारिएकोमा खेद प्रकट गरेको छ ।

यता, पाँचखाल नगरपालिका प्रशासनले भने यसअघि नै उप–प्रमुखको कार्यकक्ष सार्ने तयारी गरे पनि विविध कारण सम्भव नभएको र अहिले सारिएको भन्दै गोलमटोल जवाफ दिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : २० बजे