आज वर्षाको सम्भावना

पाँच दलीय गठबन्धनले सत्ताको चरम दुरुपयोग गर्यो: अष्टलक्ष्मी शाक्य

हेटौंडा – बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको बताउनु भएको हो ।

उहाँले पाँच दलीय गठबन्धनले एमाले एक्लैसँग प्रतिस्पर्धा गर्न निर्वाचन आचारसंहिताविपरीतका कामहरु गरेको आरोप लगाउनु भयो ।

उपाध्यक्ष शाक्यले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गर्नुभयो । देशभर उच्च महंगी बढ्दा जनताको दैनिक जीवनयापनमा समस्या भएको बताउँदै शाक्यले केन्द्र सरकार के गरेर बसिरहेको भन्दै प्रश्नसमेत गर्नुभयो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : १५ बजे