आज वर्षाको सम्भावना

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौं – सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ०७९–८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव परेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ०४ बजे