यस्तो छ आजको विनिमय दर

गोरू काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको  छ । 

पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : २७ बजे