राजमार्गमा दृष्य एक, पीडा अनेक

जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर पौडेल कर्मचारीसहित काठमाडौँमा, कार्यालयको काम प्रभावित

​​​​​​​बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरूलाई लिएर काठमाडौँ लागेपछि कार्यालयको काम प्रभावित बनेको छ ।

मेयर पौडेलले काठमाडौँमा माओवादी पार्टीका नेता र मन्त्रीहरूलाई भेट्न भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौँ गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो । 

जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य हुनुभएको छ। 

हस्ताक्षरको नमुना नगरपालिकामार्फत सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकोले वडा सचिवसहित नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणीकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उहाँले बताउनुभयो । 

जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नो पार्टीका नेता भेट्न कर्मचारी नै लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाई भन्दा पार्टी व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् । 

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : १३ बजे