तीन दिनदेखि बेपत्ता युवकको शव खोलामा फेला

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिमा एक युवकको शव खोलामा फेला परेको छ।

त्रियुगा नगरपालिका वडा-१२ बस्ने दिपक नारायण सदाको छोरा २८ वर्षीय मनोज सदाको मृत फेला परेका हुन् । सदा तीन दिनदेखि घरबाट हराएकोले खोजतलास गर्ने क्रममा त्रियुगा नगरपालिका-२ सुनुवाखोलास्थित निमुवा दोभानमा मृतक अवस्थामा फेला परेको हो ।

बेपत्ता भएको सूचनापछि उनलाई आफन्त र प्रहरीले खोजिरहेका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षक सहितको टोलिले प्रारभिक अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरी शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : ४९ बजे