आज वर्षाको सम्भावना

हरियो पासपोर्ट बोकेर विदेश जाने युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँ पठाऔँ : तामाङ

काठमाडौँ । नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री शेरबहादुर तामाङले युवालाई गाँजा खेतीमा आकर्षित गर्नुपर्ने बताउनुभएको छ । 

बिहिबार प्रतिनिधिसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले विदेशिएका युवाहरुलाई गाँजाको बोट समातेर गाउँ पठाउँदा कृषिमा आकर्षण देखिने बताउनुभएको हो । 

‘कृषिमा आकर्षण दिन संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लिएर आऔं, पारित गरेर वैधानिक बनाऔं’ उहाँले भन्नुभयो, ‘यसो गर्दा हरियो पासपोर्ट बोकेर विदेश जानेहरु जो छन तिनै युवाहरुलाई हरियो गाँजाको बोट समातेर गाउँ पठाउनेछौं । यसले अर्थतन्त्रमा टेवा पुर्याउने देखिन्छ ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ४ : ५७ बजे