यस्तो छ आजको विनिमय दर

पाँच वर्ष अघि छात्रालाई करणी गरेकाे अभियाेगमा प्रिन्सीपल पक्राउ

काठमाडौं । पाँच वर्ष अघि १५ वर्षिय छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी इटहरीको ब्लुमिङ लोटस् ईङलिस स्कुलका प्रिन्सीपललाई प्रहरीले पक्रेको छ । 

बिरामी भएकी उक्त छात्रालाई २०७४ साउन ४ गते दिउँसोको समयमा औषधि उपचार गर्दिन्छु भनि धरानको जनहित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गर्ने सिन्धुली कमलामाई घर भएका ब्लुमिङ लोटस् ईङलिस स्कुलका ३६ वर्षिय प्रिन्सीपल राज कुमार खड्कालाई प्रहरीले पक्रेको छ । 

छात्राले केहि दिन अघि सामाजिक सञ्जालमा आफूले न्याय नपाएको भन्दै स्टाटस पोष्ट गरेकी थिइन । उनले 

मुद्दा दायर गरेको भएपनि सुनुवाइ नभएको र आफूले न्याय नपाएको सो पोष्टमा उल्लेख गरेकी थिइन । 

०७४ मै राजकुमारमाथि परेको जबरजस्ती करणी मुद्दा जाहेरीका आधारमा नेपाल प्रहरी केन्द्रीय ब्यूरोबाट खटिएको टोलीले राजकुमारलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यलय सुनसरी पठाइएको प्रहरीले जनाएको छ । 

जबरजस्ती करणी गरेका राजकुमार माथि सुनसरी जिल्ला अदालतमा मुद्दा मुल्तवीमा रहेको पनि प्रहरीले जनाएको छ । राजकुमारलाई थप कारबाहीका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने पनि प्रहरीले बताएको छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ४० बजे