आज वर्षाको सम्भावना

सरकारको नीतिमाथि केस्राकेस्रामा चिरफार : संसदमा ३ घण्टा सम्बोधन गर्दै ओलीले गर्नुभयो ‘रेकर्ड ब्रेक’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बिहीवार झण्डै ३ घण्टा सम्बोधन गर्नुभएको छ । संसदीय इतिहासमै सबैभन्दा लामो संवोधन गर्दै अध्यक्ष ओलीले रेर्कड ब्रेकमात्र गर्नुभएन सरकारका नीति तथा कार्यक्रमको केस्राकेस्रामा चिरफार गर्नुभयो ।  

प्रतिनिधिसभा बैठकमा बिहान ११ बजेर १० मिनेटदेखि सम्बोधन शुरू गर्नुभएका अध्यक्ष ओलीले २ बजेसम्म सम्बोधन गर्नुभएको थियो । 

संसदमा यति लामो सम्बोधन दुर्लभ हुने गरेको छ । संसद सचिवालय स्रोतका अनुसार टनकपुर सन्धीको बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीले ३ घण्टा संसदमा बोल्नुभएको थियो । 

आज ओलीले गर्नुभएको सम्बोधन २०७४ फागुन २१ गते यताकै सबैभन्दा लामो हो । २०७४ फागुन २१ गते शुरू भएको प्रतिनिधिसभा बैठकपछि  अहिलेसम्म कुनै सांसदले यति लामो सम्बोधन गर्नुभएको थिएन । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ३ : ३० बजे