आज वर्षाको सम्भावना

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो कि होइन ? प्रधानमन्त्रीबाट जवाफ चाहियो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो होइन संसद्मा जवाफ दिन माग गर्र्नुभएको छ ।  

बिहीबार संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिनुहुँदै अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको प्रधानमन्त्रीबाट यसबारे जवाफ मामाग्नुभएको हो । 

नीति तथा कार्यक्रममामाथि बोल्ने क्रममा ओलीले सरकारले आफ्नो भुभागलाई आफ्नो भन्न नसकेको लाज लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ । शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ?’

आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राखेको स्मरण गराउँदै  ओलीले संविधान अनुसारको भुभाग पनि आफ्नो भन्न नसक्ने प्रधानमन्त्री मुलुकलाई नचाहिएको बताउनुभयो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो को कि होइन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौं । सदनले चाहन्छ, प्रतिपक्षले चाहन्छ, नेपाली जनताले चाहन्छ,’ उहाँले प्श्न गर्दै भन्न्ुभयोे, ‘नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न केही पनि सक्नुहुन्न, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न, भूमिको रक्षा गर्न सक्नुहुन्न, अखण्डताको रक्षा गर्न सक्नुहुन्न, आफ्नो भूमिलाई आफ्नो भूमि भन्न सक्नुहुन्न अनि के हो सरकारको नेतृत्व भनेको ? नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ? भौगोलिक अखण्डताको जिम्मेवारी प्रतिपक्षको जिम्मा हो ? सरकारले केही गर्नु पर्दैन ? जवाफ चाहिन्छ ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  २ : ५४ बजे