यौन दुर्व्यवहारको आरोपमा कर्मचारी निलम्बित

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन् ।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : २३ बजे