आज वर्षाको सम्भावना

मैले सम्पूर्ण चल अचल सम्पति राज्यको नाममा हस्तान्तरण गरिसके : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण चल अचल सम्पत्ति राज्यको नाममा हस्तान्तरण गरिसकेको बताउनुभएको छ । 

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागी हुनुहुँदै उहाँले सम्पूर्ण चल अचल सम्पत्ति राज्यको नाममा हस्तान्तरण गरिसकेको बताउनुभएको हो । 

‘मलाई औला ठड्याउनेले आफ्नो सम्पूर्ण चल अचल सम्पत्ति राज्यको नाममा  हस्तान्तरण गर्न सक्नुहुन्छ ?,उहाँले भन्नुभयो ‘मैले सम्पत्तिको लोभ गर्नुपर्ने कुनै कारण छैन, म माथि औला ठड्याउनेले आफ्नो सम्पत्ति राज्यको नाममा हस्तान्तरण गर्न आउनुहोस् ’,उहाँले भन्नुभयो । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ०० बजे