दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

हेटौडामा मुल्यवृद्धिविरुद्ध प्रदर्शन गर्ने अनेरास्ववियुका ४ नेता पक्राउ

काठमाडौँ । नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सर्कुलर अनुसार पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध सरकारी सवारीसाधन आवतजावतमा अवरोध गर्ने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलसहित ४ जना विद्यार्थी नेता पक्राउ पर्नुभएको छ । 

आज बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकबाट पौडेलसहित, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुस्कर तिम्ल्सिना र युवा संघका नेता रजकुमार घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रदर्शनकारीले १० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : ४९ बजे