आज वर्षाको सम्भावना

नेपाल एक चीन नीतिमा छ कि छैन?: अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भनेर प्रश्न गर्नुभएको छ ।

सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै उहाँले नेपाल पछिल्लो समय परराष्ट्र नीतिमा कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सामान्य विदेशका सहायक मन्त्री आउँदा पनि जताततै घुम्न दिएर नेपालको इज्जतको हुर्मत दिने काम सरकारले गरेको बताउनुभयो ।

परराष्ट्र नीतिलाई सरकारले संकुचन गर्ने काम गरेको भन्दै उहाँले यसको जवाफ प्रधानमन्त्रीले सदनमा दिनुपर्ने माग गर्नुभयो ।

‘एउटा सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ,’ उहाँले भन्नुभयो, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?’

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : २९ बजे