आज वर्षाको सम्भावना

नीति तथा कार्यक्रमको बुँदा नंबर १३६ ले भ्रष्टाचारलाई प्रवद्र्धन गर्ने भनेर नै उल्लेख गरेको छ, यसको अर्थ के हो ?’: अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रम ‘अर्थ न वर्थ गोविन्द गाई’ भने जस्तो भएको बताउनुभएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार प्रतिनिधिसभामा भाग लिँदै उहाँले भन्नुभयो, ‘एउटा उखान छ, अर्थन बर्थ गोविन्द गाई, गोविन्द भनेको केहो थाहा नभई गोविन्द, गोविन्द गोवन्द भनेर भट्याए जस्तो छ ।’

उहाँले यो नीति तथा कार्यक्रमले भ्रष्टाचारलाई प्रशय दिने स्पष्ट बुँदा नै राखेको उल्लेख गर्दै भन्नुभयो, ‘बुँदा नंबर १३६ ले भ्रष्टाचारलाई प्रवर्दन गर्ने भनेर नै उल्लेख गरेको छ । यसको अर्थ के हो ?’

अध्यक्ष ओलीले अस्थिरता चाहने गठबन्धनले बनाएको नीति तथा कार्यक्रम अस्थिरताकै घोषणापत्र भएको पनि बताउनुभएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : ०६ बजे