आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सरकारको नीति कार्यक्रम चास्नीमा नहालेको जेरी जस्तो छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नीति बिना दौडिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सहभागी बदै उहाँले भन्नुभयो, ‘यो नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो छ । खल्लो छ । जेरी जेलिएजस्तो जेलिएको छ । यो सबै शब्द जालको पुलिन्दा हो ।’

नीति तथा कार्यक्रमका सबै योजना जनता अलमल्याउने मात्रै भएको उहाँको भनाई थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : ५४ बजे