आज वर्षाको सम्भावना

सत्ता पक्षले नै बुध कब्जा गर्यो, मतदाताको हत्या गर्यो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नचाहाँदा नचाहाँदै एमाले र आयोगको दबाबका कारण मात्रै स्थानीय निर्वाचन सम्पन्न भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले नै बाधा गरेको बताउनुभयो । ‘सरकार पक्षले नै बुध कब्जा ग¥यो । मतदाताको हत्या ग¥यो । जसरी भए पनि आफ्नो पक्षमा पार्न सत्ता पक्ष लाग्यो । लोकतन्त्रको पक्षमा सरकार लागेन,’ उहाँले भन्नुभयो ।

रुकुममा मतदाताको हत्या, हुम्लामा मतगणना भएको समयमा एमाले कार्यकर्ता तथा मतदाताको हत्या, ताप्लेजुङमा मत दिन गएका युवकको हत्या मात्रै नभई उदयपुरमा प्रहरीले नै गोली हानेर मतदाताको हत्या भएको उल्लेख गर्दै उहाँले यो निर्वाचनमा सरकारले गद्धारी गरेको बताउनुभयो । उहाँले यो निर्वाचनमा नाङ्गो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : ३५ बजे