आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्नुहुने

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने  प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ 

आज बिहान ११ः बजे बस्ने सप्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्नुहुने एमाले सचेतक विशाल भट्टराइले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा आफ्नो पार्टीको धारणा राख्न आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।  

सङ्घीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यही जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ  । 

त्यसैगरी आजको बैठकमा सरकारले प्रस्तुत गरेको आ.व. २०७९/०८० वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू प्रस्तुत गरिने कार्यसूची छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १० : ४० बजे