एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामो साँघु–जिरी सडक खण्डको दुई किलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । 

गए राति खाडी चौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : ५० बजे