७ सय ४९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

​​​​​​​काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय ४९ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय २७, नेकपा एमालेले २ सय ५, नेकपा माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले १२ र अन्यले ६३, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले ३ सय, नेकपा एमालेले २ सय ३७, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३१ र अन्यले ५३ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ६ सय ५३,  नेकपा एमाले २ हजार १ सय २५, नेकपा माओवादी केन्द्र १ हजार ५१, जनता समाजवादी पार्टी २ सय ९५ र अन्य ५ सय ८८ गरी ६ हजार ७ सय १२ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : १७ बजे