आज वर्षाको सम्भावना

मूल्यवृद्धिको विरोधमा  युवासंघ र  अनेरास्ववियुले सरकारी सवारी साधन रोक्ने 

काठमाडौं । पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा भएको चरम मूल्यवृद्धिको विरुद्ध स्वरुप युवा संघ नेपाल र अनेरास्ववियुले सरकारी सवारी साधनको आवगमनमा रोक लगाउने भएका छन् ।  

युवासंघ र अनेरास्ववीयले विहीबारबाट विरोधस्वरुप सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने बताएको छन्  । 
विहिबार विहान ५ बजेदेखि उपत्यकासहित प्रत्येक जिल्ला सदरमुकाम वा उपयुक्त स्थानमा सरकारी सवारीसाधन अवरोध गर्ने राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनाएको छ । 
 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : १८ बजे