दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मूल्यवृद्धिको विरोधमा  सडकमा मोटरसाइकल र ग्याँस सिलिण्डर राखेर प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै जनकपुरधाममा युवाहरले प्रदर्शन गरेका छन् । 

बुधबार युवाहरूले जानकी चोकमा मोटरसाइकल र ग्याँस सिलिण्डर सडकमा राखेर प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूप्रति आक्रोश व्यक्त गर्दै नाराबाजी गरे । 
निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी सरकारले जनतालाई दुःख दिने काम गरेको उनीहरूको आरोप छ । आफूलाई लोकतन्त्रको पक्षधर बुझ्ने गठबन्धन सरकारले जनतालाई महँगीको मारमा धकेलेको भन्दै अब जनता प्रतिकार उत्रिने पनि युवाहरूले चेतावनी दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर अन्य क्षेत्रमा पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन युवा ले माग गरे । तत्काल मूल्यवृद्धि फिर्ता नलिइए आफूहरू कडा आन्दोलनमा उत्रिनेसमेत उनले चेतावनी दिए ।

सरकारले गत आइतवार रातिबाट लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्‍याएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ०७ बजे