आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालेनलाई सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडामा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उहाँको जित सुनिश्चित भएको हो । 

काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ । 

१९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।  सिर्जनाकोभन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् । 

हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३३ नम्बर वडा (कोटेश्वर)बाट प्राप्त गरेका छन् । त्यहाँ उहाँले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात ५ हजार ५२३ मत प्राप्त गर्नुभएको छ । 

बालेनले सदर भएकोमध्ये  वडा नं. ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नं. ३१ (शान्तिनगर)बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नं.४ (बालुवाटार)बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नं.७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नं. १० (बानेश्वर)बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै, बालेनले सदरमतमध्ये वडा नंं.१ (नक्साल) बाट ३४ प्रतिशत (७८३), वडा नं. २ (लाजिम्पाट)बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नंं.३ (महाराजगन्ज)बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नं. ५ (हाँडिगाउँ)बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नं.६ (बौद्ध)बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नं. ८ (पशुपति)बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १२ : ३१ बजे