पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु 

कास्की । कास्कीको पोखरा महानगरपालिका–९ मा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० वर्षीय किशोर कुमार थापा रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा राती सवा १ बजे मृत्यु भएको हो । दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० वर्षीय नागेन्द्र केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

एयरपोर्टबाट पृथ्वी चोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर गए राती १२ः४५ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : २४ बजे