सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु 

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गए राती बसको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । 

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गए राती १ बजे पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । 

बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ३५ बजे