हालसम्म ७ सय ४४ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय ४४ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय २४, नेकपा एमालेले २ सय ३, नेकपा माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले १२ र अन्यले ६३ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९७, नेकपा एमालेले २ सय ३५, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३१ र अन्यले ५३ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ६ सय ४६, नेकपा एमाले २ हजार १ सय १७, नेकपा माओवादी केन्द्र १ हजार ५०, जनता समाजवादी पार्टी २ सय ९४ र अन्य ५ सय ८७ गरी ६ हजार ६ सय ९४ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ८ : ४३ बजे