आज देशभरको मौसम अनुकूल रहने

काठमाडौँ–२१ मा एमालेको प्यानल नै विजयी

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा  नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी हुनुभएको छ । 

सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी हुनुभएको छ । 

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०,  ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ । 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ९ : ३२ बजे