आज देशभरको मौसम अनुकूल रहने

कामपा मतगणना : स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । 

    यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गालले ५६ हजार २६८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १५३ मत पाउनुभएको छ । 

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।     प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ ।  कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मतगणना भएको छ ।
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ४९ बजे