काठमाडौं । सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल सञ्चालन गरिने भएको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९,०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।
प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ५ : ४८ बजे
प्रतिक्रिया