दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने 

काठमाडौं । नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९,०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिनुभएको हो । 

सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो । 

साथै पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ को निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ३५ बजे