आज वर्षाको सम्भावना

फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाइने

काठमाडौं । सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिनुभयो  । 

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उहाँले बताउनुभयो  ।  
काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ११ बजे