काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताउनुभएको छ ।
आर्थिक वर्ष २०७९,०८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताउनुभयो ।
उहाँले सरकार र निर्वाचन आयोगलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा उहाँले खुसीसमेत प्रकट गर्नुभयो ।
निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएको र सबै दल सहभागी भएको भन्दै हुनुलाई सकारात्मक भएको बताउनुभयो ।
प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ४ : ४७ बजे
प्रतिक्रिया